Tuesday, December 18, 2018

ख्रीष्टमस विशेष


जीवन गवाही र ख्रीष्टमस
नाम: रवि काफ्ले
सु-सुबिधाले सम्पन्नयुक्त थियो मेरो जिन्दगी | हाँसी-खेली रम्दै थिएं म | म लगायत मेरो परिवारमा अरु चार जना सदस्यहरु हुनुहुन्थ्यो | म, मेरो बुबा, मेरी आमा र म भन्दा ठूला दुई जना मेरी दिदीहरु | समाजको रीति रिवाजमा र सामाजिक क्रियाकलापमा हामी अघि नै हुन्थ्यौं | एउटा असल वर्गको परिवारमा हुने सारा गुण थियो हाम्रो परिवारमा |
तर अचानक मेरो परिवारमा कालो बादलले नीलो आकाशलाई छोपेको झैं र अचानक आँधी बेहरी आएको जसरी मेरो बुबालाई एउटा अचम्मको रोगले च्याप्यो | अघिल्लो रात खाना खाएर बिस्तरमा सुत्नुभएको मेरो बुबा भोलि पल्ट बिहान उठ्दा गोडा लुलो/कमजोर भएर उहाँ हिंड्न सक्नुभएन | एक्कासि उहाँलाई अस्पताल लान पर्ने अवस्था आयो | केहि दिन पछी त उहाँलाई झन् हात-खुट्टा पोल्ने पनि हुन थाल्यो | उहाँ काम गर्न सक्नुहुन्नथ्यो र उहाँलाई शीतलताको लागि हामी खाना खाने स्टीलको थालले हम्काएर उहाँको गर्मीपनालाई हटाउन कोसिस गर्दथ्यौं | हामीले अनेकौं प्रक्रिया अपनायौं: अस्पताल लाने, धामी-झाक्री कहाँ लाने, माताको मा लाने र अन्य सबै कुरा गर्थ्यौं | महान डाक्टर डा. उपेन्द्र देवकोटालाई पनि देखायौं तर बुबाको हालत जस्ताको तस्तै |
अन्तमा केहि सीप नलागे पछी र मेरो बुबाले पनि हिम्मत हार्नु भएपछि उहाँले भन्नुभयो, “अब म आत्माहत्या गर्छु |” ६ कक्षामा पढ्ने फुच्चेले आफ्नो बुबाको यस्तो बोली सुन्दा म भक्कानो फुट्ने गरि रोएँ | तर मेरो जेठो मामा वा यज्ञ प्रसाद भुलाल, उहाँले हामीलाई अझ्झ उपाय छ र उहाँ येशू ख्रीष्ट अर्थात Jesus Christ भनेर भन्नुभयो | “मर्नु भन्दा बरु बहुलाउनु नै ठीक” भन्दै हामीले विश्वास गर्ने अठोट मात्र के गरेका थियौं, बुबामा एउटा नयाँ जोस आयो र उहाँ आफू एक्लै नुहाउनुभयो | यो देखेर हामी झन् आश्चर्यचकित भयौं र हामीले प्रभु येशू ख्रीष्टमा त्यस दिन देखि विश्वास गर्यौं | अगाडिको केहि हप्ता हामीलाई अलिक गाह्रो भयो समाजमा बस्न तर मुक्ति, उध्दार र अनन्त जीवनको साहस र दृढ विश्वासका साथ हामी अघि लाग्यौं |
जसरी परमेश्वरले हामीलाई (मेरो परिवारलाई) मेरो बुबालाई निको पारेर उपहार दिनुभयो, त्यसरी नै उहाँले २००० वर्ष अघि हाम्रो लागि आफ्नो पुत्र येशू ख्रीष्ट उपहार दिनुभएको थियो | र उहि पुत्रको जन्मोत्सव हामी प्रत्येक वर्ष पौष १०/डिसेम्बर २५ मा मनाउछौं, त्यसलाई ख्रीष्टमस भनिन्छ | र यहाँहरु सबैलाई यस वर्षको  पौष १० गतेको ख्रीष्टमसको लागि म लगायत, मेरो परिवार र सारा मण्डली परिवारबाट 
                                                                    Happy Christmas!                          

No comments:

Post a Comment