Sunday, December 3, 2017

"प्रभूमा नँया जीवन जीउनु"

पाएँ मैले जीवन प्रभुमा नयाँ,
तर हेर्छु संसारमा शान्ति छैन यहाँ ।

सकिन्न जिउन पुरानो स्वभाव लिएर,
चाहियो परिवर्तन मलाई प्रभुमा जीवन जिएर ।

भार छ पापको यस संसारमा जताततै,
पाइन्न जीवनको आशा यस धर्तीमा कतै ।

व्यस्त छन् सबै ज्ञान, धन र सभ्यता कमाउन,
बिर्से तर धेरैले परमेश्वरमा आनन्द मनाउन ।

छन् अनेक धर्म, जात र वर्ग यहाँ त,
नचिनी सत्य ईश्वरलाई जीवन अधुरो भयो त ।

विश्वास गरे प्रभुमा जीवन पाइन्छ अनन्त,
जीवन यो परिरहन्छ पापको बन्धनमा नत्रत ।

लिनुभयो श्राप र पाप प्रभुले हामी सबैको,
देखाउन साँचो प्रेम हामीलाई परमेश्वरको ।

छैन कोही मृत्युलाई जित्ने उहाँ बाहेक अरु,
जीवन महत्त्वपूर्ण छ उहाँमा गरौँ आजै शुरु ।


By
Kevin Shrestha



No comments:

Post a Comment