Thursday, October 5, 2017

"हरेकको जीवन मा उहाको योजना हुन्छ " Kevin Shrestha

Kevin Shrestha
वास्तव मा भन्नू पर्दा , मलाइ जसरी अहिले मानिस हरु आज देख्छन, म पहिला त्यस्तो थिइँन । जन्मजात नै हृदय रोग लिएर म जन्मेको थिएँ र मेरो परिवार लाई समेत शुरु मा थाहा थिएन यो कुरा । केही बेर खेल्दै, उफ्रदै र दगुर्दै मा म बेहोस हुन्थे अनि निलो भएर जान्थेँ। मेरो रोग के थियो भनी शुरु मा जानेनन तर पछि थाहा पाए कि मेरो मुटु मा छेड रहेछ भनी। तर भएको चाहि के थियो स्वः अज्ञात थियो ।

म जन्मेको परिवार ठूलो परिवार हो र हिन्दु वातावरण मा नै म जन्मेको थिएँ । इतिहास मा समेत मेरो हजुर बुबा र आमा शिव मार्गी र कृष्ण प्रणामी का थिए । ८ सदस्य हिन्दु र ३ जना मात्र ख्रीस्टियान भएका थिए । मलाई धार्मिक वातावरण एक्दम मन पर्थ्यो । तर धर्म को बारे मलाइ केही थाहा थिएन । फाट्फूट चर्च मा पनि लान्थे तर आस्था हिन्दु मै थियो । रिति रिवाज पर्व हरु मान्थे र देवि देवता माथि आस्था निकै राख्थेँ । उहाँ हरु का तस्बिर हरु सङ्कलन गर्थेँ ।
जिजस क्राइष्ट का बारे मलाइ थाहा नै थिएन । मेरो अङ्कल चाहिँ पहिले बौद्ध धर्म मा हुनु हुन्थ्यो र त्यसैले पनि आज सम्म बुद्ध प्रति भने सम्मान हामी कहाँ छ नै । उहाँ को ध्यान ले मलाई प्रभाव पारेको थियो । मेरो झुकाउ चाहिँ वैष्णव जस्तो थियो । सानो देखि रामायण महाभारत आदि हेर्थेँ । यस्तो रहेको थियो म जन्मदा र हुर्कदा को परिवेश ।
मेरो हृदय को रोग ले निकै सताएको थियो । कति स्कुल हरू  मा समेत मलाई लिन इन्कार गरेको थियो । तर पछि यतै घर नजिकै शिक्ष्यक हरु पनि हुनुहुन्थ्यो र चिन्जान भएको कारण नै नजिकै को स्कुल मा राखियो । मेरो रोग को कारण ले गर्दा पनि मलाइ धेरैले हेर्चाह गर्थे, माया गर्थे । पढाइ मा पनि राम्रै थिए । केवल मेरो यहि रोग ले गर्दा दिकद थियो ।
विभिन्न रिति रिवाज आदि मा सामेल भए तापनि  रोग निको भएर नयाँ जीवन जिउने कुराको कुनै आशा देखेको थिइनँ। म जति हुर्कदै गए, मेरो बुबा चिन्तित हुन थाल्नु भो । हामी हरू भारत को ब्याङ्लोर समेत जानु परेको थियो जहाँ तत्कालिन पुज्य साई बाबा थिए । त्यता रहदा पनि अस्पताल गयौ बुझ्यौ अनि साई बाबा को प्रवचन मा पनि सामेल भयौँ । तर पनि रोग को कुनै अन्त्य फेला परेन र नयाँ जीवन जिउने पनि आशा देखिन । अवतार मानिएका साई बाबा कहाँ पुगिसकेर पनि मेरो हालत जस्ता को तस्तै थियो । साथै उता को डाक्टर हरू ले समेत मलाइ १४/१६ वर्ष मा मात्र आउनु भने अनि फेरि नेपाल मै फर्क्यौ ।
जब मेरो रोग ले गर्दा फिक्री बढ्न थाल्यो तब यतै को गङगा लाल हृदय रोग अस्पतालमा मेरो भर्ती गरियो । पढाइ त अब छुट्ने भइहाल्यो , आफ्नो स्वास्थ जुन ठूलो थियो ।
यस अघि घर तिर चर्च बाट कति मानिस हरु मेरो निम्ति प्रार्थना गर्न आउथे । येशु को बारे सुनाउथे । सानो मा मलाइ चासो थिएन यस बारे। तर कृस्मस चाड भने रमाइलो लाग्थ्यो , अर्थ न बुझे तापनी। उहाँ को बारे कहिलेकाही पढ्ने त गर्थे तर कुनै प्रभाव पर्दैन थियो ।
तर एक दिन को कुरा हो… वानेश्वोर स्थित मामाघर बस्दा म मेरी  हजुर आमा सित साई बाबा को आरधना केन्द्र मा जान्थे । त्यहा एउटा तस्बिर देखेर म छक्क परेँ ! माहाभारत युद्ध शुरु हुन लाग्दा श्री कृष्ण ले अर्जुन लाई देखाएको विराट स्वोरूप को तस्बिर थियो। जहाँ धेरै देवता हरु को शिर गाँसिएको थियो । त्यस्को अर्थ त पक्कै सबै एकै हुन भन्ने थियो । तर त्यहाँ येशु ख्रीष्ट को शिर समेत देखेर म छक्क परे । अनि उहाँ लाई समेत प्रशंसा र महिमा गाउदै भजन गाएको सुने । र त्यही दिन बाट नै उहाँ प्रति रुचि बढ्न गयो । घर आउने दिन मैले भने कि " अब त मलाई पनि थाहा भयो कि जिजस पनि भगवान रहेछन" तर अङ्कल ले भन्नु भयो कि उहाँ भगवान होइन तर प्रभु हुनुहुन्छ । त्यस दिन देखि उहाँ को विषय मा जान्ने उत्सुक्ता पनि बढ्यो । बाइबल पनि पढे, चर्च का सदस्य हरु लाई विविध प्रश्न हरू गर्न थाले । उहाँ बारे जान्ने उत्सुकुता बढ्यो ।
जब म अस्पताल को कष्ट मय जीवन बिताउँदै थिँए मलाई निकै दुख लागेर आउथ्यो । मिलन्सार मेरो त्यस बेला को बानी ले गर्दा मैले धेरै मित्र हरू बनाउन सके । सबै सित रमाइलो गर्ने बानी मेरो थियो । मेरो लागि धेरै ले प्रार्थना गर्दै गरेका थिए । म आफै पनि प्रार्थना गर्थे । एक दिन जब मेरो बुबा ले मेरो लागि भनेर देउता चढ्ने कहाँ गएर मेरो लागि बिन्ती गरे तब उहाँ ले निराशा पाउनु भयो । पैसा बिना सहयोग गर्न न सकिने कुरा सुनेर झन उहाँ को मन निराश हुन गयो । देवि देवता हरू बाट पनि कुनै आशा उहाँ ले पाउनु भएन र निकै दुखित हुनु भयो । मेरो अवस्था यस्तो थियो कि मेरो बाच्ने न बाच्ने पक्का नै थिएन रे । मेरो निम्ति कति गरेर निशुल्क उपचार को लागि बन्दोवस्त मिलाइयो र रगत समेत मिलाइयो । निराश हुनु भएको मन लिएर बुबा घर मा हुदा उहाँ को मन निकै रुन्थ्यो । मेरो जीवन को निम्ति अब अन्तिम आशा जिजस बाहेक उहाँ के अरु कोहि पाउनु भएन। र अन्त्य मा निर्णय लिनु भयो र मलाई उहाँ को हात मा सुम्पिदिनु भयो । चर्च का सदस्य हरु ले बुबा को यो निर्णय सुनेर छक्क पनि परेका थिए रे । तर मेरो निम्ति एक्दम प्रार्थना चल्यो।
पछि बाट बिस्तारै बिस्तारै सबै खाचो हरू एका एक गरि पुग्न थाल्यो र उहाँ मा समर्पित गरे पश्चात् मेरो शल्यकृया समेत अन्त्य मा सफल भयो। रगत समेत न चाहिएको कुरा थियो । धेरै लाई मेरो विषय मा दर्शन देखाइएको थियो रे। ख्रीष्टियान विश्वाश मा दर्शन एक्दम गम्भीर विषय नै हो । म आज यस अवस्था मा हुनु को कारण येशु माथि को समर्पण नै थियो । उहाँ मा नै नयाँ  जीवन मैले पाएको छु। यसरी हिन्दु धर्म लाई हामी ले त्यागेर उहाँ लाई नै अङ्गाल्ने निर्णय गर्यौ । सुन्दा त अलि तीतो लाग्न सक्छ नै तर वास्तविकता यहि नै हो ।
मैले पहिले कृस्मस चाड जे सोच्थे म गलत रहेछु भनी थाहापाए । आज कतिले यो पर्व मनाउछन तर अर्थ जानेको नै हुदैन । येशु को विषय मा धेरै ले विदेशी धर्म आदि भनी हेला आज पनि गर्छन तर बाइबल पढ्दा थाहा हुन्छ कि यो विश्वास को जन्म थलो नै हाम्रै महादेश हो । र यो विश्वास कुनै जाती, सन्स्कृती सङ्ग आबद्ध छैन तर एउटै कुरा मा केन्दृत रहेछ- ख्रीष्ट नै मुक्तिदाता हुनुहुन्छ । मानव जाती लाई पाप को बन्धन बाट मुक्ती दिन पर्मेश्वर स्वयम् मानव भएर यस धर्ती आउनु  भएको एक अलौकिक घटना रहेछ । सारा मानव जाती को पाप को भार हरेर लान उहाँ मानव रूप मा बलिदान दिन आएका थिए ।
जब जीवन मा हामीले निराशा को बाटो भएर जानु पर्ने हुन्छ तब प्रभु मा नै हामीले भरोसा राख्न सक्छौ । हरेक को जीवन मा उहा्को योजना हुन्छ र उहाँ सम्म पुग्न उहाले नै मार्ग तयार पार्नुहुन्छ ।

By
Kevin Shrestha
Civil Engineering Student, Ktm Valley CBS

No comments:

Post a Comment