Saturday, February 25, 2017

मानिसलाई परमेश्वरले कुनै न कुनै माध्यमबाट हामीलाई बाटो देखाउनु हुन्छ


James Maan Maharjan

Hello everyone, It’s me James Maan Maharjan from Bhaisepati, Lalitpur.I am currently studying on BBS 3rd Year.

मेरो जन्म हिन्दू परिवारमा भएको हो अनि आज भन्दा झन्दै 17/18(2054साल)वर्ष अगाडी हामीले परमेश्वर पाएका थिएम्।
र म पनि विश्वासी भए परिवारको कारण तर मलाई केही पनि थाहा थिएन परमेश्वरको बारेमा। र मैले चाहिं परमेश्वरलाई चिनेको भर्खर 3/4 वर्ष भयो। अनि मेरो त्यो बिचको समयमा मैले चाहिने भन्दा बढी परमेश्वरलाई मन नपर्ने धेरै कामहरू गरें।त्यसका माध्यमहरू धेरै छन् जस्तै- नराम्रा साथी संगतघर परिवारसंग गर्ने व्यवहारहरूमाअनि खाने कुराहरूमा पनि। अनि एक दिनको कुरा हो साथी पावल र म एक दिन खाएर राति मेरोमा सुतेका थिएम् अनि भोलि पल्त विहान हामी उठडा साथीको घरबाट फोन आयो की आमा blood
presser high भएर hospital लगेको छ आऊ भनेर अनि ऊ र म गएम् त्यहां पुग्दा मैले उहांको अवस्था देखेर मलाई डर लाग्यो अनि त्यो समयमा मलाई एउटै कुरा मात्र मेरो मनमा आयो की प्राथर्नामा शक्ती छ भन्ने कुराको अनि म एउटा कुनामा गएर लुकेर प्राथर्ना गरें अनि केहि समय पछि उहांको शरीर चल्न थाल्यो। त्यही समय थियो मेरो जिवनको turning point अनि त्यस पछिका मेरा दिनहरू उहांको खोजिमा लाग्न थाल्यो जस्को फल स्वरूप आज तपाईंहरूले मलाई देख्दै हुनुहुन्छ। त्यस कारण मानिसलाई परमेश्वरले कुनै न कुनै माध्यमबाट हामीलाई बाटो देखाउनु हुन्छ खांचो छ त मात्र सहि समयलाई चिन्ने अनि त्यसलाई लिने।
आज म धेरै नै खुशी छु र परमेश्वरमा धन्यवादी की अहिले म संग सबै कुरा छ अनि सबै म संग खुशी छन्। यो सबै कुराको लागि God लाई धन्यवाद।
Thank u all n thank u CBS team….
God bless u all…..
उपदेशक अध्याय सबै कुराको समय छ।।।

No comments:

Post a Comment